सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा बाढी, राष्ट्रपति कार्यालय खतरामा

अमेरिकाको वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो ।

केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो । अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको सतह पुगेको थियो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भयो ।

Flood in Washington DC United States

वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो । बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो । तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन् ।

त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन् । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्