सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदितनारायणलाई दियो भारतले पद्मभूषणको सम्मान

जन्मथलो नेपाल भएका गायक उदितनारायण झालाई भारतले गणतन्त्र दिवसका अवसरमा पद्मभूषण पुरस्कारद्वारा सम्मान गरेको छ । यो भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान हो ।

नेपालको सप्तरी, भारदहका घर भएका गायक उदितनारायण लामो समयदेखि बलिउड फिल्म संगीतमा क्रियाशील रहेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएका छन् ।

उदितनारायसागै उक्त पुरस्कार पाउनेमा ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर लगायत छन् ।

उद्योगपति धिरुभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई भारतको दोस्रो ठूलो सम्मानित पुरस्कार पद्मविभूषण प्रदान गरिएको भारतीय समाचार एजेन्सीले जनाएका छन् ।


udit narayan jha

फेसबुकबाट कमेन्ट गर्नुहोस्