सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेम दिवसमा फुड फेस्टिबलमय बन्दै सौराहा

प्रत्येक बर्ष भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसर पारेर सौराहामा आयोजना हुँदै आएको सौराहा फुड फेष्टिबल को तयारी तीव्र पारिएको छ ।

फेष्टिवलको तयारी सम्पन्न भइसकेको संयोजक नरेश गिरीले बताए । यस बर्ष फेष्टिबल माघ २८ गते देखि फागुन ३ गतेसम्म चल्नेछ ।

यस पटक फुड फेष्टिबललाई गतबर्ष भन्दा भव्य रुपमा सौराहा ब्राण्डका रुपमा चिनाउन लागेको उनले बताए । यो पटकको फेष्टिवल सौराहास्थित रत्ननगर नगरपालिकाको सार्वजनिक सिसवार खेल मैदानमा हुनेछ ।

५ दिनसम्म हुने फेस्टिवलमा यो पटक थारु जातिको चिचर खाने प्रतियोगितासँगै पर्यटक दौड, वेटर रेस, प्रेमपत्र लेखन लगायतका प्रतियोगिता हुनेछ । साथै फेष्टिबल अवलोकन गर्न आउने उत्कृष्ट एक जोडीलाई सम्मान गर्ने कार्यक्रम छ ।

यो पटकदेखि कैचडी, चुड्का, रत्यौली र गृहणीबीच नृत्य प्रतियोगिता थप गरिएको आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान सौराहा)का अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए ।

सिसवार खेल मैदानमा हुने फेष्टिवलमा दैनिक रुपमा २० हजार बढी दर्शकले अबलोकन गर्न लक्ष्य रहेको महासचिव दिपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिबलको आर्कष्णको रुपमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानीयसहित ख्याति प्राप्त कलाकारहरुले संगीतिक प्रस्तुती समेत रहनेछ ।

फेष्टिबलबाट भएको बचतले रेवानले विभिन्न सामाजिक काम गर्ने प्रतिवद्धता जनाएको छ ।

उज्यालो सौराहालाई निरन्तरता दिँदै ३० रुपैयाँ मूल्य तोकिएको फेष्टिवलको टिकटबाट आएको आम्दानीको ५० प्रतिशत कला संस्कृति संरक्षण र बाँकी बाल श्रमिक न्यूनिकरण, सडक बाल बालिका पुर्नस्थापना र खेल मैदान व्यवस्थापनमा लाई क्रमश १०/१० गरि ३० प्रतिशत र २० प्रतिशत स्थानिय क्लबलाई वितरण गरिने अध्यक्ष भट्टले बताए ।

अनलाईनखबरबाट जस्ताको तस्तै  ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्