सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आस्चर्यजनक हुनेछ आइफोन सेभेन

आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन सेभेन निकट भविष्यमै सार्वजनिक गर्ने तयारी गर्दैछ । आइफोन सँगै एप्पलले आइप्याड पनि सार्वजनिक गर्नेछ । एप्पलका यी नयाँ दुबै ग्याजेटमा प्रविधि जगतका यस्ता अत्याधुनिक फिचर्सहरु रहनेछन्, जो स्मार्टफोन प्रयोगकर्ताले पहिलोपटक प्रयोग गर्न पाउनेछन् ।

एप्पलका नयाँ आइफोन तथा आइप्याडमा सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम आइओएस १० हुनेछ । यो अपरेटिंग सिस्टम यतिधेरै एडभान्स्ड तथा क्षमतावान छ की प्रयोगकर्ताले जो सँग एप्पललको यो फोनबाट फोन गरेर कुरा गर्न चाहन्छन् त्यो व्यक्तिको फोन यदि साइलेन्ट मोडमै भएपनि उसलाई आफ्नो फोनमा फोनको घण्टी बजेको थाहा हुनेछ । साथै आइओएस १० लाई कसैले ह्याक गर्न पनि नसक्ने दाबी गरिएको छ ।

एप्पलको नयाँ आइफोन सेभेन तथा आइप्याडमा वाइफाइ भन्दा कैयौँ गुणा बढि तेज इन्टरनेट प्रविधि लाइफाइ हुनेछ । यो प्रविधिमा इन्टरनेट डाटा ट्रान्सफर गर्दा रेडियो तरंगको साटो प्रकाश तरंगको प्रयोग गरिएको हुन्छ । वाइफाइ प्रविधिबाट एक सेकेण्डमा अधिकतम ७ गिगाबाइट डाटा ट्रान्सफर गर्न सकिन्छ भने लाइफाइबाट २२४ गिगाबाइट डाटा ट्रान्सफर गर्न सकिन्छ ।

एप्पलको आइओएस १० अपरेटिंग सिस्टमको एक अर्को खुबी भनेको यो अपरेटिंग सिस्टम प्रयोग भएका ग्याजेटलाई ह्याक गर्न असम्भव हुनेछ । किनकी यसमा एप्पलले रुटलेस नामक नयाँ सेक्योरिटी सिस्टम प्रयोग गरेको छ ।

iphone-7

आइओएस १० को अर्को नयाँ फिचर्सले आवाजलाई म्यासेजमा बदलिदिनेछ । फोन कल गर्ने मानिसको फोन कसैले उठाउन नपाएमा यो प्रविधिले फोन कल गर्ने मानिसको आवाजलाई सन्देसमा बदलिदिनेछ । जुन सन्देश फोन रिसिभ गर्न नपाएको मानिसले पछि सुन्न पाउनेछ ।

एप्पललको आइओएस १० ले इन्टरनेट अफ थिंग्सको नयाँ अवधारणामा काम गर्नेछ । यो अपरेटिंग सिस्टम मार्फत बाहिरी डिभाइससँग सम्पर्क गरी त्यसको डाटाको प्रयोग पनि गर्न सकिनेछ । यसको अर्थ तपाइँले अफिसमा बसेरै आफ्नो आइफोन मार्फत घरमा रहेका इलेक्ट्रोनिक्स ग्याजेटलाई नियन्त्रण गर्न सक्नुहुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्