सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

स्पेनमा दूतावास स्थापनाका लागि पहल हुँदै

नेपालीहरुको ठूलो घनत्व भएको स्पेनमा नेपाली राजदूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघले थप पहल गर्ने भएको छ । गैरआवासीय नेपाली संघको सातौं युृरोप क्षेत्रीय वैठकमा दूतावास स्थापनाका लागि एनआरएनले पहल गर्ने निर्णय भएअनुरुप केन्द्रीय स्तरबाटै यसमा पहल हुन लागेको हो ।

गैरआवासीय नेपाली संघ स्पेनले दूतावास स्थापनाका लागि गरिरहेको दबाबमूलक पहलको जानकारी लिन युरोप संयोजक कुल आचार्य स्पेन आउंदै छन् । एनआरएनए स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङले दिएको जानकारी अनुसार स्पेनमा नेपाली दुताबास स्थापनामा बिशेष पहलबारे छलफल गर्न संयोजक आचार्य बार्सिलोना आउन लागेका हुन् ।

अध्यक्ष गुरुङले भने,” बार्सिलोनामा सम्पन्न एनआरएनए सातौँ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनबाट नै स्पेनमा दुताबास स्थापना गर्न, एनआरएनले बिशेष पहल गर्ने भन्दै घोषणा पत्र जारी भई सकेको छ । अहिलेसम्म भएका प्रगति बिबरण र नेपाल सरकारसँग अब कसरी प्रस्तुत हुनेबारे छलफल गर्न संयोजक आचार्यलाई निमन्त्रणा गरेका हौ ।”

NRNA Spain

युरोप संयोजक बनेपछि, तिन महिना अघि मात्र आचार्यले स्पेनबाट कार्यक्रममा सहभागी बन्दै आफ्नो कार्यकालका गतिबिधिको सुरुवात गरेका थिए । एनआरएनए स्पेनको कार्यलय उद्घाटन तथा दिपावली कप फुटबल प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी बन्दै आचार्य लण्डन फर्किएका थिए । संयोजक बनेपछि आचार्य यहि फ्रेब्रबरी ३ तारिक बुधबार दोस्रो पटक बार्सिलोना आउँदै छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS