सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘प्रेमगीत’को टाईटल गीत गायन प्रतियोगितामा ५५९ सहभागी

दुई महिना अगाडि चलचित्र ‘प्रेमगीत’को शिर्षगीतको कभर गीत गाउनका लागि भन्दै यसको निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रतियोगीताको घोषणा गरेको थियो । यो प्रयितोगीताका लागि विश्वभरबाट ५५९ जनाले कभर गीत गाएर पठाएको यसको निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

सम्पूर्ण भिडियोलाई आजबाट आशुसेन फिल्मस्को युटुब च्यानलमा अपलोड गरिएको जानकारी निर्माता सन्तोष सेनले दिएका छन् । यी भिडियो मध्येबाट सर्वाधिक धेरै भिजिटर पाउन सफल १० भिडियो छानिनेछ ।

यस्तै, भिजिटर कम भएर पनि प्रतिभावान् कलाकारमध्येबाट ५ जनालाई वाइल्र्ड कार्ड इन्ट्रीको रुपमा प्रवेश गराइनेछ । उत्कृष्ट १५ को फाइनल वृहत्त सांगीतिक कन्सर्ट मार्फत फागुन ८ गते गरिने जानकारी पत्रकार सम्मेलनमा गराइयो । गायिका अञ्जु पन्त, गायक सुगम पोख्रेल र संगीतकार अर्जुन पोख्रेलले उत्कृष्ट एक छान्नेछन् ।

विजेताले कलर्स मोबाइलको तर्फबाट नगद एक लाख पुरस्कारका साथै आगामी चलचित्रमा गाउने मौका समेत पाउनेछन् । यस्तै, सम्पूर्ण १५ जनालाई एक-एक थान कलर्स मोबाइल प्रदान गरिनेछ । आज भन्दा अगाडि कभर गीत गाउनेले आफ्नै युटुबबाट अपलोड गरिएका भिडियो र त्यसको भिजिटरलाई मान्यता नदिइने पत्रकार सम्मेलनमा बताइको छ ।

premgit cover song picture

निर्माता सेनले फेसबुक मार्फत आफ्नो चलचित्र सफल भएको आभास भएको बताउदै टाइटल गीतको भिडियो सेयर र ट्याग गर्न आग्रह समेत गरेका छन । माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन । गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको यो चलचित्रमा पूजा शर्मा र प्रदिप खड्काको मुख्य भूमिका छ । चलचित्रमा रेनशा राइको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्