सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमानस्थलको तीन कि.मि. वरपर मासु बेच्न नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन किलोमिटर क्षेत्रभित्र काटमार तथा मासु पसल खोल्न नपाइने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान अयोगले तीन किलोमिटर क्षेत्रभित्र मासु पसल सञ्चालन तथा काटमार गर्ने काममा रोक लगाउन काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ ।

विमानस्थल नजिकै मासु काट्ने तथा बिक्री गर्ने गरिदिँदा विमानस्थलमा चरा तथा जनावर झुम्मिने गरेका छन् । जसले गर्दा पटक-पटक विमानहरु दूर्घटनामा पर्ने गरेका छन् ।
धावनमार्गमा जनावर आइदिँदा उडान अवतरणमा अप्ठ्यारो पर्नुका साथै उडिरहेको विमान चरासँग ठोक्किएर दुर्घटना हुने गरेको छ । यही तथ्यलाई मध्यनजर गरेर अख्तियारले विमानस्थल अनुगमन तथा निरिक्षणपछि महानगरपालिकालाई यस्तो निर्देशन दिएको हो ।

अख्तियारले विमानस्थलको धावनमार्गको दक्षिणतर्फ रहेका अग्ला घरहरुको उचाई घटाउन पनि महानगरपालिकालाई निर्देशन दिएको छ । धावनमार्गको नजिकै गगनचुम्बी घर बनेका कारण जुनसुकै बेलामा विमान दूर्घटना हुने सम्भवना बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्