सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पूजालाई देखेर पशुपतिलाई तिर्खा लागेपछी

पछिल्लो समय चलचित्रमा दोहोरी गीत राख्ने लहर नै चल्न थालेको छ । दर्शकको रुचिलाई मध्यनजर गर्दै निर्देशकहरु लोकगीतलाई प्राथमिकतामा राख्न थालेका छन् । ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘वडा नंं. ६’ लगायतका फिल्म चल्नमा लोकगीतले केही हदसम्म राम्रै भूमिका पनि खेल्यो ।

माघ २९ मा रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत’ ले पनि फिल्ममा पशुपति शर्माको लोकगीत राखेको छ । ‘यता तिर्खा लागेको धेरै भो’ बोलको सो गीतको भिडियो हालै सार्वजनिक गरीएको छ । भिडियोमा गायक पशुपति पनि देखिएका छन् । गीतमा उनी चलचित्रकी नायिका पूजा शर्मासँग दोहोरी खेल्दैछन् ।

दर्शकको ध्यान खिच्नकै लागि पशुपति शर्मालाई फिल्ममा राखिएको आँकलन गरिएको छ । यो लोकगीतले पनि चर्चा पाउने विश्वास गरिएको छ । तर, निर्माणपक्षले यो गीतको भिडियो सार्वजनिक गर्न केही ढिलाई गरेको देखिन्छ ।

रिलिज हुन केही दिन मात्र बाँकी छँदा प्रेमगीतले पशुपति र पुर्णकला बिसीजस्ता लोकगीतका चर्चितले स्वर दिएको गीतको भिडियो सार्वजनिक गर्नुलाई फिल्ममा दर्शक तान्ने काइदाका रुपमा हेरिएको छ । किनकी फिल्ममा नाम चलेका स्टार पनि छैनन् ।

पशुपतिको गायकी ‘स्टारडम’ले मात्रै प्रेमगीतले प्रेम पाउला त ?  ‘भ्यालेन्टाइन डे’ नआउँदै नतिजा निस्केला ! यादव लम्सालले लेखेको उक्त गीतलाई अर्जुन पोखरेलले संगीत दिएका हुन्  ।

प्रदिप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सन्तोष सेनले निर्माण गरेको यो चलचित्रको शिर्ष गीत चर्चामा छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्