सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडामा पासाको भ्यालेनटाईन रमझम

प्रणय दिवस अर्थात् भ्यालेनटाईन डे को अवसरमा क्यानडामा रहेको पासा टुर्सले बिबिध रमाईलो कार्यक्रम आयोजना गरेको छ । क्यानडाको मिसिसागा स्थित रोयल बैंकट हलमा भएको कार्यक्रममा नेवार समुदायको उल्लेख्य जमघट भएको थियो ।

परदेशमा बस्दै आएका नेपालीहरु एकीकृत हुन सहज होस् भन्ने सोचले यस्तो कार्यक्रम आयोजना गरिएको पासा टुर्सले जनाएको छ । कार्यक्रम विशेष गरि भेट्घाट र रमाइलोका लागि राखिएको पासा टुर्सका प्रबन्ध निर्देशक कृष्ण ध्वजुले बताएका छन ।

कार्यक्रममा नेपालबाट आएका गायक आशिर्वाद सुवेदी र क्यानडामै रहेका कलाकार रामकाजी मोक्तान, निमा शेर्पा लगायतले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा रमाईलोका साथै परदेशमा छरीएर रहेका नेपाली समुदायबिच आपसी चिनजान र सम्बन्ध विस्तार भएको आयोजकले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्