सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री के पी शर्मा ओलीलाई भारतको ऐतिहासीक स्वागत

छिमेकी मुलूक भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई भारतले ऐतिहासीक सम्मानका साथ स्वागत गरेको छ । यस्तो सम्मान पाउने ओली नेपालका दोस्रो प्रधानमन्त्री हुन । यसअघि तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले यस्तो सम्मान पाएका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले स्वागत गरेकी छिन् । नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा सामान्यतया राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए । तर, ०६२/६३को आन्दोलन पछि भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले स्वागत गरेका थिए ।

Sushma sworaj welcome to Kp Oli

यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गरेका थिए भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदा चिफ अफ प्रोटोकलले स्वागत गरेका थिए । गतबर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए । भारतले प्रधानमन्त्री ओलीलाई दिएको सम्मानले उसले नेपालसंगको सम्बन्ध सुधार्न चाहेको देखिन्छ ।

शुक्रबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान राष्ट्रपति भवनमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा राष्ट्रपति भवनमा गार्ड अफ अनर’ प्रदान गरिएको थियो । त्यसपछी दुई प्रधानमन्त्रीले हैदराबाद हाउसमा हात मिलाएर तस्विर खिचाएका थिए । लगत्तै मोदी र ओलीबिच दुईपक्षिय हित र आपसी सम्बन्धका बिषयमा वार्ता भएको थियो ।

Kp Oli and Modi4

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा शनिवार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा सातवाट समझदारी पत्रमा हस्ताक्षर भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र समकक्षी मोदीवीच भएको ‘वान टु वान’ वार्तापछि सात वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

स्वरुपमा दुई देशबिच ७ बुँदे सम्झौता भनिएपनि सम्झौतामा समावेश विषयवस्तु विगतकै समझदारीहरुको कार्यान्वयनबारे दोहोर्‍याइएका प्रतिवद्धता छन् । सम्झौतामा यसअघि भारतले नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराउने घोषणा गरेको २५० मिलियन अमेरिकी डलर बराबरको सहयोग प्याकेजलाई प्रयोग गर्नेबारे उल्लेख गरीएको छ ।

Kp-oli-And-Modi-6

त्यस्तै, तराईको हुलाकी सडक विस्तार तीव्र गतिमा कार्यान्वयन गरिने उल्लेख छ । समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले हस्ताक्षर गरेका छन् ।

तेस्रो सम्झौता संगीत तथा नाट्य प्रतिष्ठान क्षेत्रमा सहकार्य सम्बन्धी रहेको छ भने पारवहन मार्गसँग सम्बन्धित चौथो समझदारीमा नेपालका लागि काँकडभिट्टा-बंगलाबन्ध ट्रान्जिट पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोगबारे उल्लेख छ । पाँचौं सहमतिमा विशाखापटनमबाट नेपालसम्म रेल्वे ढुवानीको सुविधाबारे उल्लेख गरीएको छ ।

Kp-oli-And-Modi-5

छैठौँ बुँदामा ४०० केभिको मुज्जफर ढल्केबर प्रसारण लाइनबाट बिजुली खरीद सम्बन्धि बिषय उल्लेख छ । शनिबार दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा ८० मेगावाट बिजलुीको स्वीच अन गरी उद्घाटन गरेका छन् । अब आगामी अक्टोबरमा भारतले थप २ सय मेगावाट बिजुली दिनेछ भने २०१७ को डिसेम्बरसम्म कुल ६०० मेगावाट बिजुली भारतले नेपाललाई बेच्नेछ ।

सातौं समझदारी प्रवुद्ध समूहको स्थापना सम्बन्धि छ । यसबारे २०१४ जुलाइमै काठमाडौंमा बसेको नेपाल भारत संयुक्त बैठकले ८ सदस्यीय समूह बनाउने निर्णय गरेको थियो ।

नेपालको नयाँ संविधान एक महत्वपूर्ण उपलब्धी : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ संविधानलाई एक महत्वपूर्ण उपलब्धी भनेका छन । शनिबार नेपालका प्रधानमन्त्री केपी ओलीसँग हैदरावाद हाउसमा भएको भेटवार्ता पछी आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने-‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’

Kp Oli & Modi2

संविधान निर्माणको सफलता सहमति र सम्वादमा निर्भर रहने बताउँदै मोदीले ओलीलाई भने, यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समग्रमा लिएर तपाई नेपालको संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ । मोदीको यो अपेक्षाले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ ।

मोदीले भारतको नेपालप्रति सँधै असल भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकको भावनालाई भारतले सँधै सम्मान गर्ने बताएका छन । उनले नेपालको जलविद्युत नेपालका लागि मात्रै नभएर भारतको उर्जा संकट समाधानका लागी पनि आवश्यक पर्ने बताए ।

भारतीय राष्ट्रपतिलाई भ्रमणको निम्तो

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । भेटमा भारतीय राष्ट्रपति मुखर्जीले ओलीलाई आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकोमा स्वागत एवम् आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उनको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै नेपाल भ्रमणको औपचारीक निम्तो दिएका थिए । यसैगरी, प्रधानमन्त्री ओलीले शनिबार नै उपराष्ट्रपति हमिद अन्सारीसँग पनि ६ मौलाना आजाद सडकस्थित उनकै निवासमा शिष्टाचार भेट गरेका छन् ।

Kp Oli with Pranb mukharjee

फेसबुकबाट कमेन्ट गर्नुहोस्