सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीयलाई नागरिकता नदिए गणतन्त्र उल्टिन्छ

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकारले अंगिकृत नागरिकतामा ७ बर्षे सिमा लागु गरे गणतन्त्र उल्टिने चेतावनी दिएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले नेपालका मधेषी र भारतको बिहार बिच बर्षौँ देखि सांस्कृतिक सम्बन्ध रहेको बताउँदै उनले वर्तमान सरकारले त्यसलाई भत्काउने प्रयास गरेको बताएका छन् ।

पुर्व मन्त्री समेत भइसकेका नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सत्तारुढ दल नेकपाले यदि जर्वजस्ती नागरिकता सम्बन्धि ऐन ल्याए देश दुर्घटनामा जाने चेतावनी समेत दिएको छन् । उनले भारतबाट बिहे गरेर आउने बुहारीलाई तुरुन्तै नागरिकता दिनुपर्ने माग राखेका छन् ।

त्यसैगरी राष्ट्रिय सभामा बोल्ने अन्य सदस्यहरुले पनि सरकारले ल्याउन लागेको अंगिकृत नागरिकतासम्बन्धि ऐन तुरुन्त सच्याउनुपर्ने माग गरेका छन् । राष्ट्रिय सभामा बोल्ने सबै मधेषी सांसदहरुले सरकारले अंगिकृत नागरिकतामा ७ बर्षे प्राबधान राखेर मधेषीमाथी झन अन्याय गर्न खोजेको आरोप लगाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्