जापानमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या
अध्ययनको शिलशिलामा जापान आएका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेका छन । जापानको ओकिनावामा रहेको जापान कल्चर स्टडीमा अध्ययनरत कमल खनालले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन ।
नेपाल घर बुटवल भएका खनालले आफुले काम गर्ने ठाउँ तोमिङ्ग गिसुकुमा झुण्डिएर आत्महत्या गरेका हुन । खनालको शव शनिवार बिहान करीब ७ बजे झुण्डिएको अबस्थामा फेला परेको थियो । आत्महत्या गरेका २१ बर्षिय खनाल गत अक्टोबरमा जापान आएका थिए ।
उनले मर्नुअघि दाजु केशब खनाललाई सुसाईड नोट लेखेका छन । सुसाईड नोटमा उनले साथीसँग १० हजार रुपैयाँ लिन रहेको उल्लेख गरेका छन भने आफ्नो घरपरिवारको पनि हेरबिचार गरिदिन आग्रह गरेका छन् ।
स्थानीय कृषकको फर्ममा काम गर्र्दै आएका उनी कलेजले स्वास्थ्य जाँच गर्न स्थानीय अस्पतालमा लगेपछि तनाबमा रहँदै आएका थिए । अस्पतालको रिपोर्ट आउन बाँकी छ भने उनको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्