सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एभरेस्ट फुजी सोसाइटी गठन

टोकियो | नेपाल, जापान तथा विभिन्न देशमा रहेका नेपाली समुदायमा आइपर्ने समस्याको समाधान, सहयोग तथा सामाजिक कार्यको उदेश्य सहित जापानको शिजुओका क्षेत्रमा रहेका नेपालीहरुको सक्रियतामा एभरेस्ट फुजी सोसाइटी जापान गठन भएको छ |

बिशेषगरि प्रवासमा रहदा नेपालीहरुलाई विभिन्न समयमा पर्ने गरेको समस्या समाधानमा सहयोगी बन्ने भावना लिएर आइतबार शिजुओका केनको हामामात्चु स्थित नेपाली रेस्टुरेन्ट एभरेस्ट नान हाउसमा भएको भेलाले शुक्र राईको अध्यक्षतामा सोसाइटी गठन गरेको हो |

सोसाइटीको उपाध्यक्षमा भुपेन्द्र कुमार गोले, सचिबमा निराजान भण्डारी, सह सचिबमा मनिष घिमिरे, कोषाध्यक्षमा कमल घिमिरे तथा सह कोषाध्यक्षमा राजेश थापा चुनिएका छन् |

त्यस्तै सोसाइटीको सदस्यहरु दीपिन्शा रानाभाट, जयन्ती श्रेष्ठ, सोम ढकाल, बील गुरुङ, महेश चापागाईं, रबिन्द्र भुसाल, रेशम सुनार, कमल श्रेष्ठ र इश्वर ढकाल तथा सल्लाहकारमा केबी लिम्बु रहेका छन् |

Everest-Fuji Society

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS