सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अस्पतालको शैयाबाट भिमाको याचना

बिद्यार्थी भिषामा जापान आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ मुटुमा समस्या आएपछि नेरिमास्थित हिकारीगाओका अस्पतालको शैयामा मृत्युसँग लडिरहेकी छिन् ।

सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी श्रेष्ठ भाषा कलेजको अध्ययन पुरा गरी सेनमोन कलेजमा अध्ययनरत छिन् । उनले गत एक वर्ष देखि मुटुको नियमित चेकजाँच गर्दै आएकी थिइन ।

नेरिमास्थित हिकारीगाओका अस्पतालका अनुसार श्रेष्ठको मुटुको भल्भले काम गर्न छोडेर तेस्रो स्टेजमा पुगिसकेको छ । अस्पतालले १ महिनाभित्र भल्भ फेर्नु पर्ने बताएको छ ।

मुटुको भल्व फेर्नका लागि करिव १५ लाख (१५० मान) येन खर्च लाग्ने अस्पतालले जनाएको छ । भल्व फेर्न लाग्ने खर्च जुटाउन सक्ने अवस्था नभएपछि श्रेष्ठले जापानबासी नेपाली समुदायसमक्ष नयाँ जीवनको याचना गरेकी छिन ।

Bhima Shresth2

एक बर्षअगाडीदेखि मुटुको समस्या झेल्दै आएकी श्रेष्ठले बारम्बार स्वास्थ्य परीक्षण गराउँदा पनि समस्या पत्ता लाग्न सकेको थिएन । अन्तिममा हिकारीगाओका अस्पतालले मुटुको भल्भले काम गर्न छोडेको रिपार्ट दिएपछी उनी मृत्युसंग लडिरहेकी छिन ।

मुटुको भल्वमा समस्या देखिएपछि निराश भएकी २३ बर्षीया श्रेष्ठले आफु कमजोर आर्थिक पृष्ठभूमिका कारण एक्लैले त्यत्रो रकमको बन्दोबस्त गर्न नसक्ने बताउँदै सहयोगका लागी अपिल गरेकी छिन् ।

श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेले उनको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा पैसा जम्मा गर्न सकिने छ । उनलाई ०७०–४६९१–९८४९ मोवाईल नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

यो समाचार तयार पार्दासम्म नेपाली विद्यार्थी समाज जापानले भिमाको उपचारका लागी ५० हजार जम्मा गरेको छ । २० हजार नेपाली विद्यार्थी समाज जापानको कोषबाट व्यवस्था गरीएको हो भने अरु रकम संस्थाका कार्यसमिति सदस्यबाट जम्मा गरीएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्