सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विश्वकै शक्तिशाली महिलाको सुचिमा नेपाली राष्ट्रपति

Bidhya Devi Bhandari1

अमेरीकी समाचार संस्थाफोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो । यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन्। उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन् ।

Bidhya Devi Bhandari

दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाका रुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्