सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

६ भारतीय सहित ७ जना हतियारसहित पक्राउ

सशस्त्र प्रहरी सीमा सुरक्षा बल महोत्तरीले ६ भारतीय सहित ७ जनालाई हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सीतामणिका रामबलि कुमार, दिनेश कुमार महतो, रञ्जितकुमार सुरी, जितकुमार महतो, राजकुमार राम, हिराकुमार महतो र महोत्तरी गौशाला-१ बस्ने अमनकुमार साहलाई हतियार सहित नेपाल प्रवेश गरेको बेला पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट म्यागजिन एक थान, ३ वटा गोली लोडेड तेस्तोल १ थान बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलले उनीहरूलाई पोखरभिण्डा चोकस्थित निरन्जन साहको नास्ता पसलबाट पक्राउ गरको जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्