‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ’ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार घोषणा गरीएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले एमालेबाहेक अरू पार्टीहरुलाई धक्का दिनसक्ने भविष्यवाणी गर्नुभएको छ । नवगठीत पार्टीको घोषणासभामा बोल्दै प्रधानमन्त्री वलीले भन्नुभयो, ‘बन्दै गरेको पार्टीले के गर्छ अहिले नै भन्न सकिँदैन तर नयाँ शक्तिले एमाले बाहेक अरु सबै पार्टीलाई धक्का दिन सक्छ ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री वलीले नवगठीत पार्टीले नेपाली समाजमा राष्ट्रिय एकता, स्वाभिमान, आर्थिक उन्नती तथा प्रगतिमा सकारात्मक भूमिका खेल्ने विस्वास व्यक्त गर्नुभएको छ । ‘बन्दै गरेको पार्टीले यो गरेन उ गरेन भनेर भन्न मिल्दैन,’ भन्दै उहाँले भन्नुभयो, ‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ । म आशा अपेक्षा गर्छु, राम्रो काम गर्नेछ ।’
प्रधानमन्त्री वलीले संविधानले कुनै पनि भूगोलका जनतालाई विभेद नगरेको बताउँदै सबैलाई समान अवसर प्रदान गरेको स्पश्ट पार्नुभएको छ । संविधानले कसैप्रति विभेद गर्ने नीति नलिएको बताउँदै उहाँले भन्नुभयो, ‘यदि कहीँ कतै केही छ भने छलफल गर्न र कुरा सुन्न हामी तयार छौँ । प्रधानमन्त्री वलीले आइतबार नै असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन आहृवान गरेको समेत जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीले अब संघीयता र प्रादेशिक संरचना लगायतका कुरालाई पूर्णता दिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनु पर्ने बताउनु भएको छ । प्रधानमन्त्रीले अब नेपाल गरिब भइरहन नसक्ने भन्दै यसका लागि संकल्प गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले विकासको अभियान सुरु गरिसकेको भन्दै वलीले भन्नुभयो, ‘नेपालले विकास गर्न नहुने कुनै कारण छैन । हामी विकास गर्न सक्षम छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्