सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सस्तो पाए नेपालले हतियार अन्तै किन्ने

नेपालले हालसम्म भारतसँग हतियार खरिद प्रक्रियाको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । जेठ २७ र २८ गते नयाँ दिल्लीमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुदानमा हतियार नकिन्ने निर्णय सुनाएको हो ।

नेपालले हतियारमा पनि सिलिङ तोकेर मात्र अनुदान दिन प्रस्ताव राखेको छ । अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने र त्यो मध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ ।

Assault Rifle

 

अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनु पर्ने र भुक्तान गर्नु पर्ने ४० प्रतिशत मुल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ । नेपालले आफ्नो प्रस्तावमा कुनै निर्णयमा नपुगुन्जेल भारतबाट सैन्य सामग्री नल्याउने भएको छ ।

लोकतन्त्र स्थापना यता नेपालले हतियार र सैन्य सामाग्री किने बापत दुई अर्व ४० करोड रुपैयाँ भारतलाई तिर्न बाँकी छ । यो पूरै मूल्यको ४० प्रतिशत मात्रै हो । नेपालले ४० प्रतिशत भुक्तनी गर्नुपर्ने रकमलाई पुरै अनुदानमा परिणत गरेर मिनाह गर्न प्रस्ताव गरेकोमा भारतले कुनै जवाफ दिएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्