सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टेलिकमले घटायो ईन्टरनेटको महशुल

नेपाल टेलिकमले फाइवर टु दी होम (FTTH) सेवाको महसुल दर घटाएको छ । परिमार्जीत महशुलदर यही असार ३ गतेदेखि लागू  हुनेछ । ईन्टरनेट स्पीड नभएको भन्दै उपभोक्ता अन्य सेवा प्रदायक कम्पनीतर्फ आकर्षित हुन थालेपछी टेलिकमले महसुल दर परिमार्जन गरेको हो । यस अनुसार प्याकेज बिक्री वितरण, CPE  महसुल तथा अप्टिकल फाइबरको नयाँ दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

क) FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छः

  Package Validity   Bandwidth Volume (GB) Tariff (Rs.) Fall Back
  ३ महिना   Up to 10 Mbps     १२०    ५,१६०   192 Kbps
  ६ महिना   Up to 10 Mbps     २५०    ९,१२०   192 Kbps
  १२ महिना   Up to 10 Mbps     ६००    १८,२४०   192 Kbps
  १२ महिना   Up to 100Mbps     ६००    २३,०४०   192 Kbps

 

माथि उल्लेखित बाहेक अन्य FTTH  प्याकेजहरु भने स्थगन गरिएको  टेलिकमले जनाएको छ ।

यस्तै, हाल उपलब्ध रहेका FTTH सेवाको CPE शुल्क परिमार्जन गरी निम्नानुसार कायम गरिएको  छः

प्याकेज CPE मूल्य (रुपैयाँमा)
   ३ महिना     ५ हजार
   ६ महिना     २ हजार
   १२ महिना     निःशुल्क

नेपाल टेलिकमबाट उपलब्ध गराइएको CPE बिग्रिएको खण्डमा एक महिनासम्म निःशुल्क Repair तथा Replace गरिने तथा सो अवधि पश्चात् भने ५ हजार रुपैयाँ शुल्कमा Replace हुने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभएको छ ।

कम्पनीले निर्धारण गरेको अप्टिकल फाइबरको महसुल दर यस्तो छः

  1. FTTH सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक 2 Core Optical Fiber १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर २० रुपैयाँ लिई सेवा सञ्चालन गरिने छ ।
  2. उक्त ग्राहकको फाइबर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइबर परिवर्तन गर्नु परेमा प्रति मिटर २० रुपैयाँ लिई जडान तथा रिप्लेस गरिने  छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्