सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डरलाग्दो भुकम्प जाँदै, सचेत रहन अपील

नेपालमा गत बैशाख १२ गते बिनासकारी भुकम्प गएदेखी अध्ययनमा जुटेको बैज्ञानीकहरुको टोलीले फेरी उस्तै भयानक भुकम्प जाने निश्कर्ष सार्जजनिक गरेको छ । प्रतिष्ठित वैज्ञानिकहरुले गरेको निश्कर्ष अनुसार काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रेक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ ।

तिथि र समय नै तोक्न सक्ने अवस्था नभएपनि त्यो भूकम्प जुनसुकै बेला पनि जान बैज्ञानीकहरुले बताएका छन् । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ । सो अनुसन्धानको रिपोर्ट विज्ञान सम्बन्धी विश्वकै प्रतिष्ठित म्यागाजिन नेचर जिओसाइन्सले बुधबार प्रकाशित गरेको छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले भने, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं ।’

उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने, ‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ । त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ । त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो । तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन ।’

वैज्ञानिकहरुले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने, ’हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्यांकको आधारमा यो कुरा भनिरहेका छौं । सुन्दा अप्रिय लाग्न सक्छ । तर, वास्तविकता यही हो । तथ्यको आधारमा यो कुरा भनिएको हो । सर्वसाधारण मानिस सतर्क भएर बस्नु जरुरी रहेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS