सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पड्कीने सिलिन्डर बेच्न पाउनुपर्ने व्यवसायीको माग

ग्यास व्यवसायीहरु पड्कीने सिलिन्डर बेच्न पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रीएका छन् । पटक पटक ग्यासको सिलिन्डर पड्कीएर मानविय क्षति भएको भन्दै सरकारले एचपी ग्यासको खरिद ढुवानी आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछी व्यवसायी आन्दोदनमा उत्रिएका हुन् ।

व्यवसायीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो । संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ ।

HP Gas Silindar

संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गर्न नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो । सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन् ।

कालिमाटी सुगम ग्यास र ललितपुरमा एचपी ग्यास विस्फोट भई मान्छे मर्नु भवितव्य हुने भएकाले उद्योगको कुनै गल्ती नरहेको संघको दाबी छ । सरकाले तोकिएको मापदण्डको अधिनमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको जनाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्