सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नक्कली डाक्टर पक्राउ, डाक्टरहरुकै बिरोध

प्रहरीले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ । संघले आज गृहमन्त्री, गृहसचिव देखि प्रहरी प्रमुखलाई विरोध पत्र बुझाउने तयारी गरेको छ । नक्कली डाक्टर भएको अभियोगमा प्रहरीले विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेपछि चिकित्सक संघले विरोध गरेको हो ।

संघले छानविन नभई गरीएको पक्राउ शैली प्रति आफ्नो विरोध रहेको जनाएको छ । ‘विरामी बनेर टिकट काट्छ र डाक्टरलाई हतकडी लगाएर बाहिर ल्याउँछ’ महासचिव मुक्तिराम श्रेष्ठले भने, ‘दबंग शैली अपनाइएको छ । यो प्रक्रियाको हामीले विरोध गरेका हौं ।’

doctor_examining_a_patient_clip_art

प्रहरीले गत शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी चिकित्सक बनेको आरोपमा चितवनमा ३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । अनुसन्धान ब्यूरो र चितवन प्रहरीको संयुक्त टोलीले भरतपुरको चितवन मेडिकल कलेजबाट राजन पुरी, कलेज अफ मेडिकल साइन्सेसबाट रजनी अग्रवाल र भरतपुर अस्पताल तथा पुरानो मेडिकल कलेजमा काम गर्दै आएका सुनील आचार्यलाई पक्राउ गरेको हो ।

ती डाक्टरहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा ती डाक्टरहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तीनै जना डाक्टरले आई एस्सीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएर डाक्टर पढेको पाइएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्