सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपाल फेस्टिवल, आम्दानी कोषमा

टोक्यो । गैर आवासीय नेपाली संघ, जापानको आयोजनामा टोकियोमा हुन लागेको नेपाल फेष्टिवलको लागी स्टल बुकिङ खुल्ला गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) का अनुसार स्टल बुकीङ्ग जुन १२ तारीखबाट खुल्ला गरिएको छ ।

फेस्टीवल आगामी अगस्ट ६ र ७ गते टोकियो स्थित योयोगी पार्कमा हुँदैछ । नेपाल फेष्टिवल दुई दिनसम्म चल्ने छ । फेस्टीवल आयोजनाका लागी एनआरएनए जापानका अध्यक्ष सुदन थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।

फेस्टिवल सफल र भब्य रुपमा संम्पन्न गर्न विभिन्न उपकमिटिहरू गठन गरिएको छ । एनआरएनए जापान मुख्य आयोजक रहेको फेस्टीवलमा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ । नेपाल फेष्टिबलबाट भएको आम्दानी गैर आवासीय नेपाली संघ जापानले स्थापना गरेको आपतकालीन राहत कोषमा जम्मा गरिने आयोजक समितिले जनाएको छ ।

आयोजक गैर आवासीय नेपाली संघले जापानमा रहेका सम्पूर्ण संघसंस्था बिद्यार्थी, बुद्धिजिबी, पेसाकर्मी सबैलाई आ–आफ्नो ठाउँबाट सहयोगका निम्ति अपिल गरेको छ । आयोजकले आफ्ना सेवा तथा उत्पादन विक्रि तथा प्रचारप्रसारका लागी समयमै स्टल बुक गर्न जापानवासी नेपाली ब्यवसायीससँग आग्रह गरेको छ ।

फेष्टिवलमा प्रस्तुत गरिने सांगीतीक कायक्रम तथा प्रस्तुतीहरु विदेशीहरुका लागी समेत लक्षित गरिने आयोजकले बताएको छ । फेस्टीबलमा नेपाल र नेपालीलाई चिनाउने कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिईने छ ।

फेस्टिवल अबधिभर गैरआवासीय नेपालीसंघ जापानको कार्यालय बिहान १० बजेबाट बेलुकी ६ बजेसम्म खुल्ला रहने छ । नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ वर्षगाँठलाई ध्यान दिँदै सबै स्टलहरुको ब्यानर एकै किसिमको बनाइने छ । फेष्टिबलको तयारी कार्यलाई तिब्र बनाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्