सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडाको ब्युटी कन्टेस्टमा नेपाली प्रतिस्पर्धी

झन्डै एक दशक देखी क्यानडा रहँदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल’ यतिबेला एक ‘ब्युटी प्रिजेन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा सहभागी हुन लागेकी सारा यो प्रतियोगिताको टाइटल जित्ने सपना सहित तयारीमा ब्यस्त बनेकी छिन् ।

साउथ एसियाका महिला मात्र सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भए पनी साउथ एसिएन कल्चर, महत्वपुर्ण सम्पदा लगायतका बिषयमा समेत सहभागीहरुलाई प्रश्न सोधिने छ । प्रतियोगीको क्षमता, आत्मविश्वास र ब्यक्तित्वका आधारमा बिजेता छानिने छ ।

sara khanal in Canada beauty contest

जुलाई २३ मा क्यानडाको ब्राम्टोन स्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउनु नेपाल र नेपालीको लागि गौरवको बिषय बनेको छ । यो अबसरलाई सफलतामा बदल्दै प्रतियोगितामा आफु बिजय हुने आशा सहित अन्तीम चरणको तयारीमा जुटेको साराले बताएकी छिन् ।
यस प्रतियोगितामा उत्कृष्ठ महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ । यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिङ्कमा https://www.facebook.com/Shara-Micucci-For-Mrs-South-Asia-Canada-2016-786830254781592/?fref=photo लाइक गरी सहयोग गर्न सबै नेपालीसँग साराले आग्रह गरेकी छिन् । १० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा एक सफल ब्युटिसियन व्यवसायी पनि हुन् । उनको क्यानडामा आफ्नै ब्यवसाय छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्