सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेलमेट नलगाउने प्रधानमन्त्री प्रहरी फन्दामा

मोटरसाईकल चलाउँदा हेलमेट नलगाएपछी कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई ट्राफिक प्रहरीको फन्दामा परेका छन् । कम्बोडिया प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरे बापत जरिवाना गरेको छ ।

Combodian priminister hun sen

प्रधानमन्त्री सेनले गत साता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए । उनले गल्ती भएकोमा माफी समेत मागिसकेको छन् । सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल (३.७५अमेरिकन डलर) जरिवाना तिरेको कम्बोडिया प्रहरीले जनाएको छ ।

Combodian priminister hun sen3

प्रधानमन्त्री सेन जुन १८ मा मोटरसाईकल चढेर को कोङ प्रान्त गएका थिए । मोटरसाइकल चलाउने उनको कुनै योजना भने थिएन । कारबाट निस्केपछि उनी मोटरसाइकलमा हेलमेट नलगाई करिब २ सय ५० मिटरसम्म गएका थिए ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्