मलेसियामा कामदारको पारिश्रमिक बृद्धि
मलेसिया सरकारले काम गर्ने श्रमिकको न्युनतम् पारिश्रमिक बढाउने तयारी गरेको छ । लाखौँ नेपाली कार्यरत मलेसियामा तीन बर्षको अन्तरालपछी पारिश्रमिक बढ्न लागेको हो । बृद्धि भएको पारिश्रमिक शुक्रबारदेखि मात्र लागु हुने मलेसियाका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
सरकारले २०१६ को बजेट मार्फत बढाएको पारिश्रमिक ठाउँअनुसार ९२० देखि १ हजार रिंगेटसम्म तोकेको छ । यसअघि अधिकतम ९ सय रिंगेट थियो भने न्युनतम पारिश्रमिक ८२० रिंगेट थियो ।
नयाँ तोकिएको पारिश्रमिक अनुसार अब घण्टाको न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म दिनुपर्नेछ । मलेसिया सरकारले तोकेको पारिश्रमिक निजीसहित सबै क्षेत्रका मजदुरका हकमा लागू हुने बताईएको छ । यसको प्रत्यक्ष फाईदा रोजगारीका लागी त्यहाँ पुगेका नेपाली श्रमिकहरुलाई पनि हुनेछ ।
सरकारले नयाँ पारिश्रमिक तोकेपनि लागु हुनेमा भने रोजगारदाताहरुले आशंका गरेका छन् । रोजगारदाताहरु सरकारको यो निर्णयको विरुद्धमा उभिएकाले कार्यान्वयनमा समस्या देखिएको छ । किनकी होटल क्षेत्रमा यसअघि नै पारिश्रमिक सम्बन्धी यो व्यवस्था लागू भएपनि कार्यान्वयनमा समस्या देखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्