टर्कीमा जनतासामु सैनिक कू प्रयास असफल
टर्कीमा त्यहाँको सेनाको एक समुहले शासन हत्याउन गरेको प्रयासलाई त्यहाँका जनताले असफल बनाईदिएका छन् । राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सेनाका एक उच्च कमाण्डरको नेतृत्वमा रहेको समुहले सैनिक कूको प्रयास गरेको थियो ।
सेनाको सो समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्दै कफ्र्यू लगाएको थियो । सो समुहले टर्कीको विमानस्थललाई समेत आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।
सेनाका बख्तरबन्ध गाडी सहीत सडकमा आएको सेनाको समुहले राजधानि अंकारामा रातभर गोलावारी समेत गरेको थियो । तर छिनभरमै हजारौँ जनता सडकमा उत्रिएर सैन्य कूको प्रयास असफल पारीदिएका छन् ।
ईस्तानवुल र अंकारामा हजारौँ जनता सडकमा उत्रिएर सत्ता हत्याउन खोज्ने सेनाको समुहलाई नियन्त्रणमा लिएका छन् । सैनिक कूको प्रयास गर्ने विद्राही समुहलाई त्यहाँको सेना र नागरीक मिलेर नियन्त्रण गरेको टर्कीका राष्ट्रपतिले जानकारी गराएको छन् ।
नियन्त्रणमा लिने क्रममा सेनाको विद्रोही समुहका १०४ जना मारीएका छन् । सेना र विद्रोहीको दोहोरो गोली हानाहानमा ९० जना भन्दा बढि नागरीक मारीएका छन् भने ११५४ जना घाईते भएका छन् । प्रधानमन्त्री बाइनलाई इलदिरिमका अनुसार अहिलेसम्म उच्च सैनिक अधिकारीसहित २८३८ सैनिक पक्राउ परेका छन् ।
छुट्टी मनाउन गएका राष्ट्रपति एर्दोआना स्वदेस फर्किएका छन् । सैनिक कूको प्रयासलाई देशद्रोहको संज्ञा दिँदै राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि जनतालाई सडकमा आउन भनेपछी हजारौँ मानिस सडकमा उत्रिएपछी सत्ता कब्जाको प्रयास असफल भएको छ ।
इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरुले बिद्रोही सैनिकमाथि बेल्टले होनेको तथा सैन्य टंकहरु कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।
बिद्रोही सैनिकहरुको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।
सैन्य कूको योजनाकारबारे अँझै प्रष्ट भएको छैन । तर, राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयास निर्वासीत इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुनै नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ । तर, अमेरिकामा बस्ने गुलेनले भने सैन्य कूको प्रयासमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्