सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफै यसरी गर्न सकिन्छ आईफोन अनलक

स्मार्ट फोनको दुनियाँमा सुरक्षा र उपभोक्ताको रोजाईको हिसाबले आईफोन अहीलेसम्म संसारको सबैभन्दा सुरक्षित फोन मानिन्छ । तपाईंले एकपटक आइफोनमा पासवर्ड सेट गर्नुभयो भने यसलाई जो कसैले अनलक गर्न मुश्किल पर्छ ।

सोच्नुहोस, यसरी लक भएको आईफोनलाई तपाईले आफै खोल्न सक्नुभयो भने तपाईंलाई कति फाइदा पुर्याउला ? हो यसरी पासवर्ड बिर्सिएर लक भएको आईफोन आफै खोल्ने सरल तरीका हामी तपाईँलाई सिकाउँदैछौँ ।

Iphone 7 Sample

सर्वप्रथम लक भएको आइफोनको पासवर्ड हालेर चेक गर्नुहोस, यदि त्यो अनलक भएन भने तपाईं सीरीसँग कुरा गर्न सक्नुहुन्छ ।

अब सीरीलाई टाइम सोध्नुहोस् । जब सीरीले टाइम बताउँछ तब त्यही टाईममा आफ्नो ठाउँको टाइम पनि सेट गर्नुहोस् । यसका लागि आफ्नो ठाउँको नाम टाइप गर्नुहोस् ।

अब टाइप गरेको टेक्स्टलाई सेलेक्ट गर्नुहोस् र म्यासेजमा शेयर गर्ने कमाण्ड गर्नुहोस् । त्यसपछि सेन्ट टुमा कुनै पनि गलत नाम राख्नुहोस् ।

अब त्यो नामलाई सेभ गर्नुहोस् । एउटा फोटो सेलेक्ट गर्नुहोस् र होम बटन क्लिक गर्नुहोस् । यसबारे अँझ प्रस्ट हुनका लागी भिडियो हेर्नुहोस्;

फेसबुकबाट कमेन्ट गर्नुहोस्