स्मार्टफोनको ह्याङ्ग यसरी हटाउनुहोस
जेलिबीनदेखि किटक्याट, ललिपप, मार्शमेलो स्मार्टफोनका विकसित हुँदै गएका अपरेटिङ सिस्टम हुन् । कतिपय स्मार्टफोनमा अहीले पनि पुरानै अपरेटिङ सिस्टम प्रयोग भईरहेको छ । अपरेटिङ सिस्टम अपडेट हुन केही समय लाग्दा स्मार्टफोन स्लो हुन जान्छ ।
त्यस्तै स्मार्टफोनको र्यामको क्षमता कम र धेरै एप्लीकेसन मोबाइलमा छ भने पनि मोवाईल ह्याङ हुने समस्या आइरहन्छ । त्यसैले सकेसम्म र्यामको क्षमताअनुसार कम एप्लीकेसन मोबाइलमा राखेमा ह्याङ हुने समस्या केही हदसम्म कम हुन्छ ।
एप्सको प्रयोग भइसकेपछि त्यो ब्याकग्राउन्डमा मिनिमाइज भइरहेको हुन्छ । तसर्थ यसले र्यामको स्पेस लिइरहेको हुन्छ । यसका लागि सेटिङ्गमा गएर ब्याकग्राउण्ड एप्लीकेसन बन्द गर्नुपर्छ । अथवा केही बेर स्क्रीनमा ट्याब गरेपछि ब्याकग्राउन्डमा चलीरहेका एप्लीकेसनको लिस्ट आउँछ, त्यसलाई बन्द गर्नुपर्छ ।
इन्टरनेटबाट बढी मात्रामा सर्च वा डाउनलोड गर्ने गरेमा पनि ह्याङ्ग हुने समस्या हुन्छ । यसले आन्तरिक क्षमताको स्पेस बढी लिन्छ । आन्तरिक क्षमता कम हुँदा मोबाइल ह्याङ हुन सक्छ । आफूले चाहेको एप डाउनलोड गर्दा अन्य एप पनि डाउनलोड हुन सक्छ । तसर्थ यसका लागि क्लिनर एपको प्रयोग गरी स्मार्टफोनबाट अनावश्यक डाउनलोड भएका एप हटाउन सकिन्छ वा एन्टिभाइरस छ भने अनावश्यक एप आफै पनि क्लियर हुन्छ ।
फोनको आन्तरिक क्षमताको स्पेस चेक गर्नुहोस् । यदि स्पेस कम छ भने सेटिङमार्फत फोनबाट डाटाहरु मेमोरी कार्डमा सार्नुहोस् । कतिपयले मोबाइल ह्याङ हुँदा ब्याट्री, मेमोरी तथा सिमकार्ड झिकेर पुनः हाल्ने गर्दछन् । यसले एकछीन मोवाईल छिटो चलेझैँ भए पनि स्थायी हुँदैन ।
कतिपयले मोबाइलमा यस्ता एप राखेका हुन्छन, जुन कहिल्यै प्रयोग नै हुँदैन । ति एप्स मोवाईबाट हटाउनुहोस । हटाउन नजानेमा वा सेटिङ मिलाउन नजानेमा सम्वन्धित मोबाइलको सर्भिस सेन्टरमा गई सेवा लिने गर्नुहोस् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्