जनसम्पर्क निर्माणको लागि केसीको विकल्प छैन-पनेरु
टोकियो । आगामी २१ तारिख हुने नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका लागी केन्द्रीय सदस्य पदका उमेद्वार राजु पनेरूले आफूहरुको उमेद्वारी परिवर्तनशिल र गतिशिल जनसम्पर्क समिति निर्माणको लागि भएको भन्दै जीत निश्चित भएको घोसणा गरेका छन्।
जापानमा सचेत समुदायको राम्रो उपस्थिती भएको र अब कार्यकर्ताले परिवर्तनशिल र गतिशिल जनसम्पर्क समिति आवश्यकताको महशुस गरेको हुनाले आफुहरुले उमेद्वारी घोसणा गरेको पनेरुको तर्क छ ।
रोशन केसीको प्यानलबाट उमेद्वारी दिएका पनेरु विधार्थी जीवन देखि नै नेविसंघमा रहेर सक्रिय राजनैतिक आन्दोलनमा लागेका व्यक्ति हुन् ।
समाज सेवा र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउन सदैव अग्रसर हुदैं आएका पनेरुले परिवर्तनशिल र गतिशिल जनसम्पर्कका निर्माणको लागि रोशन केसी नेत्रित्वको विकल्प नरहेको बताउछन ।
एनआरएन जापानको संयोजक समेत भइसकेका केसीको प्यानलबाट महामन्त्री र कोषाध्यक्षमा क्रमश रेशम डंगोल र सावित्री लामाले उमेद्वारी घोषणा गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्