सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिलो होईन, चौथो हेराईमा बस्छ ‘मायाँ’

धेरैले भन्छन् प्रेम पहिलो नजरमै हुन्छ । फिल्ममा होस या वास्तविक जीवनमा ! प्राय; हामी भनेको सुन्ने गर्छौँ कि, तिमीसँग पहिलो नजरमै माया बस्यो । के साँच्चीकै पहीलो नजरमै मायाँ बस्छ होला त ? के पहिलो हेराईले नै मायाँको बिजारोपन गर्छ होला त ?

होईन, पहिलो नजरमा, हेराईमा प्रेमको अंकरण हुँदैन । पहिलो नजरमा प्रेम हुन्छ भन्नु सत्य हाईन । अध्ययनले भन्छ कि, प्रेम भनेको चौथो हेराईमा मात्र सम्भव छ । कसैलाई पहिलो चोटी देख्दैमा प्रेम हुन्छ वा भयो भन्नु गलत हो ।

शोधकर्ताहरुका अनुसार कसैसँग प्रेम हुनका लागि एक वा दुइपटक होइन कम्तिमा ४ पटक सम्म भेट हुनु आवश्यक हुन्छ । पहिलो नजरमा प्रेम भन्नु केवल भ्रम मात्र हो । अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजका मनोवैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन ।

Love in first sight

अनुसन्धानका लागी शोधकर्ताहरुले युवायुवतीहरुको एउटा समुह बनाएका थिए । अध्ययनका क्रममा उक्त समूहका सदस्यहरुलाई विपरित लिंगीका जवान युवक तथा युवतीहरुको तस्वीर देखाइएको थियो । विपरित लिंगीको तस्वीर हेरिसकेपछि मस्तिष्कमा उत्पन्न हुने भाव हेर्नका लागि उनीहरुको मस्तिष्कलाई विशेष प्रविधिमार्फत एक मनिटरमा जोडिएको थियो ।

अध्ययनले पहिलोपटक विपरित लिंगीको तस्वीर हेर्दा मस्तिष्कमा थोरै मात्र हलचल आएको देखायो । जब दोश्रो पटक तस्वीर देखाइयो तब आकर्षणको रेटिंगमा वृद्धि भयो । तेश्रो पटक तस्वीर देखाउँदा दिमागी हलचल अँझै बढेको देखियो र चौथो पटक मस्तिष्कको एउटा हिस्सा एकदम सक्रिय बन्यो जुन भागले मानिसमा आनन्द तथा उत्तेजना पैदा गर्दछ ।

त्यसैले प्रेमको भाव प्रकट गर्ने मस्तिष्कको भागलाई सक्रिय बनाउनका लागि कम्तिमा चार पटक कसैलाई देख्नु वा भेट्नु आवश्यक रहेको निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । यो अध्ययनका क्रममा देखिएको नतीजा वास्तविक जीवनमा मेल खान्छ भन्ने कुरामा भने यसै भन्न सकिँदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्