जनता बैंकको लिफ्टमा बेवारिसे शव भेटियो
कमलपोखरी स्थित जनता बैंकको लिफ्टमा एउटा बेवारिसे शव भेटिएको छ । बैंकको लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी अनुसन्धान महाशाखाले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी महाशाखाको टोली घटनास्थलमा पुगेको छ । मृतकको परिचय नखुलेको महानगरीय प्रहरी प्रमुख एसएसपी प्रद्युम्न कार्कीले बताउनु भएको छ ।
ति व्यक्तिको लिफ्टमै कुनै कारण निधन भएको हो वा हत्या भएको भन्नेबारेमा प्रहरीले केही खुलाएको छैन । घटनास्थल प्रहरी प्रधान कार्यालयबाट मुस्किलले दुई/तिन सय मिटर टाढा रहेको छ । शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्