सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोलीकाण्डमा जापानमा एकजनाको मृत्यु, ३ घाईते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ । सो गोलीकाण्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् । सोमबार बिहान भएको सो घटनाको प्रहरीले पुष्टि गरेको छ ।

सो कम्पनीमा सोमबार बिहान पुगेको करिब ५० वर्षको जस्तो देखिने व्यक्तिले पहिला उक्त कम्पनीका कर्मचारीसँग कुराकानी गरेपछि झोलाबाट बन्दुक झिकेर अकस्मात प्रहार गर्न थालेको प्रत्यक्षदर्शीले जनाएका छन् । सो व्यक्तिले उक्त कम्पनीका चार जनालाई तारो बनाएको र सो कम्पनीमा पसेपछि उनीहरुसँग कुरा गरेजस्तो गरेर गोली हानेको थियो ।

गोली हानेपछि आक्रमणकारी त्यहाँबाट भागेको थियो । प्रहरीले उसलाई पक्राउ गर्न सकेको छैन । सोमबार अपरान्हसम्म उसको खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय नागरिकलाई पनि सचेत भएर रहन सूचना जारी गरेको छ । उसले गाउमा पसेर पनि आक्रमण गर्न सक्ने भएकोले सतर्क रहन भनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्