सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी कँडेल विजयी हुनुभएको छ । प्रतिद्वन्द्धी रोशन केसीलाई भारी मतले पराजीत गर्दै कँडेल अध्यक्षमा विजयी हुनुभएको हो । कँडेल ३४६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनभएको हो भने अर्का उमेदवार रोशन केसीले ३९ मत मात्र ल्याउनु भएको थियो ।

दुई गुटबिच बिबाद बढ्दै गएपछी निर्वाचन कमिटीका संयोजकले राजिनामा दिनुभएको थियो । संयोजकको राजिनामा स्विकृत भईनसकेकाले निर्वाचन कमिटीका सदस्य, महाधीबेशन प्रतीनिधीहरु, काउन्सिल सदस्य लगायतको उपस्थितिमा मतगणना भएको हो ।

DP Kadel

महामन्त्रीमा ३३७ मत ल्याएर रामजंग कार्की विजयी हुनुभएको छ । कोषाध्यक्षमा बाबुराम सापकोटा ३४० मत ल्याएर विजयी हुनुभएको छ । सदस्यतर्फ दुबै प्यानलको तिब्र प्रतीस्पर्धा देखीए पनि डिपी कँडेल पक्षको पुरै प्यानल बिजयी भएको छ । रोशन केसी पक्षले मतदान प्रक्रिया नै बहिस्कार गरेको थियो ।

निर्वाचनबाट बिजयी उमेदवारहरुलाई अर्को महिना माउ पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाई प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको बुझिएको छ । पार्टी नेताहरुकै अनुमतिमा मतगणना गरिएको भन्दै एकपक्षिय रुपमा विजयी घोषणा गरिएको प्यानललाई बरिष्ठ नेता पौडेलको उपस्थितिमा बैधता दिने कँडेल पक्षको तयारी छ ।

यसैवीच निवर्तमान सभापति नारायण सुवेदीले एक पक्षले घोषणा गरेको भनिएको निर्वाचन परिणाम अवैध भएको दावी गर्नुभएको छ । सुवेदीले एक विज्ञप्ति प्रकाशित गरि नौ स्थानमा हुनुपर्नेमा चार स्थानमा मात्र भएको एक पक्षिय निर्वाचनको मत गणना अवैध र अमान्य रहेको बताउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्