गृहमन्त्री र रावलको बिवादले बैठक भाँडीयो
संविधान संशोधन लगायतका बिषयमा छलफल गर्न बसेको तीन दलको बैठकमा गृहमन्त्री बिमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको छ । नेपालको संविधान संशोधनको बिषयमा भारतलाई औपचारीक पत्र लेखेको भन्दै भीम रावलले आपत्ति जनाएपछी बिबाद सुरु भएको हो ।
बैठकमा भीम रावल लगायतका एमाले नेताहरुले संविधान संशोधन नेपालको निजी मामिला भएको भन्दै त्यस विषयमा नेपाल सरकारले भारतलाई कस्तो औपचारिक पत्र लेखेको हो सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।
जवाफमा कांग्रेस नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमाले र अन्य पार्टीले विदेशीको पैसा लिने र संविधान निर्माणमा उनीहरुको सुझाव लिने गरेको भन्दै संविधान संशोधनका विषयमा भारतसँग छलफल गर्दा आपत्ति हुनु हुँदैन भनेर आफ्ना कुरा राख्नु भएको थियो ।
त्यसपछि एमाले नेता भीम रावलले विदेशीको कुन सुझाव एमालेले मान्यो र कोसँग पैसा लियो भन्दै प्रमाण देखाउन चुनौती दिनुभएको थियो । कसैले सुझाव दिनु र भारतलाई संविधान संशोधन गर्ने बिषयमा पत्र लेख्नु फरक कुरा भएको रावलको धारणा थियो ।
रावल र निधिबीच चर्काचर्की भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेर बैठक साम्य पार्नुभएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । नेताहरुबीच चर्काचर्की भएपछी बैठक बिना निष्कर्श टुंगीएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्