दशैँ बेला नेपाल आउने चिनियाँ राष्ट्रपतिको ईच्छा
छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले नेपालीहरुको सबैभन्दा ठुलो पर्व दसैंमा नेपाल आउने इच्छा व्यक्त गर्नुभएको छ । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाउनु भएको हो ।
राष्ट्रपति सीले प्रस्ताव गरेको मिति नेपाली पात्रो अनुसार असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ । ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताएका छन ।
चिनियाँ अधिकारीहले ब्रिक्स सम्मेलन पुर्व नै आफ्ना राष्ट्रपतिको नेपाल भ्रमणको मिति प्रस्ताव गरेको बुझिएको छ । भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ । चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका ब्रिक्सका सदस्य राष्ट्र रहेका छन् ।
पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो तर अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको सरकारका एक मन्त्रीले बताएका छन । करिब दुई दशकपछी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो ।
सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण लगायतका बिषयमा छलफल गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा चिन पठाएको थियो । राष्ट्रपति सिको भ्रमणलाई मध्येनजर गर्दै सरकारले पूर्व मुख्यसचिव लीलामणि पौडेललाई बिहिबार चीनका लागी राजदुत नियुक्त गर्ने निर्णय गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्