सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आमाको मृत्यु, २५ लाखको तमसुक र प्रेम

हृदयघातका कारण नसिमा खातुनको ३९ वर्षको उमेमा भदौ १२ गते मृत्यु भयो । उनका छोरा जागिर साफीले अन्तरजातिय बिहे गरेका कारण भएको तनावले उनलाई हृदयघात भएको परिवारको भनाइ छ । केटी पक्षले जवरजस्ती कपाली तमसुक बनाइ रकम असुलेपछि ऋणमा डुब्दा उनलाई हृदयघात भएको परिवारको दाबी छ ।

करिब दुई महिनाअघि महोत्तरी सोनमा–४ का जागिर सफी र सोही गाउँकी अर्चनाबीच प्रेम सम्बन्ध भयो । प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अर्चनाका बाबु भरोसी मण्डलले उनको बिहे अर्कै केटासग गरिदिए । तर, अर्चनाको बिहे गर्ने उमेर भएकै थिएन ।

Love couple

विवाह अघि अर्चनाले पटकपटक भागेर विवाह गर्न जागीरलाई दवाव दिइन । तर जागीरले उनको प्रस्ताव अस्वीकार गरे । विहेको एक महिनापछि अर्चना माइती आएकी थिइन । एक राति करिब १२ बजे जागीरको घरमै पुगेर अर्चनाले जागीरलाई भाग्न दवाव दिइन् । दुबै जना भागेर सीमावर्ती भारतको सितामढी हुँदै दिल्ली गए ।

जागीरले छोरी भगाएपछि माइति पक्षले जागीरको घरमा दवाव दिन थाले । उनीहरुले जागीरले अर्चनाको अपहरण गरेको भनेर प्रहरीमा उजुरी समेत गरे । त्यसअघि उनीहरुले गाउँमा जागिरका हजुरबुवा सोबरीलाई जवरजस्ती २५ लाख रुपैयाँको कपाली तमसुक गराएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्