महिलालाई धम्क्याउने पुर्वमन्त्री गुप्ता पक्राउ
यसअघि व्यापारी अपहरण गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट महिला व्यवसायीलाई धम्क्याएको आरोपमा सोमबार पक्राउ गरेको हो ।
ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्ता पक्राउ परेका हुन् । एसएसपी अधिकारीले भन्नुभयो–‘महिलालाई पटक–पटक धम्क्याउने र पैसा माग्ने गरेको उजुरी परेपछि हामीले गुप्तालाई पक्राउ गरेका हौं । थप अनुसन्धान भैरहेको छ ।’
गुप्तालाई धम्की तथा शरीरबन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ । २०६८ सालमा व्यावसायी पवन संघाइलाई डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष कारागार बसेका थिए । गुप्ताले सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि अपहरण मुक्त गरेको आरोप लागेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्