सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

होसियार ! जाडो र गर्मी डिभोर्सको मौसम !

प्रकृति जस्तै दाम्पत्य जिवनमा आउने उतारचढाव र सम्बन्ध विच्छेदको पनि मौसम हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकी शोधकर्ताहरुहरुको अध्ययन अनुसार एक वर्षमा दुइ पटक सम्बन्ध विच्छेदको मौसम आउँदछ ।

वाशिंटन विश्वविद्यालयमा समाजशास्त्र पढाउने सहप्राध्यापक जूली ब्रिन र विद्यावारिधीका विद्यार्थी ब्रायन सेराफनीले गरेको अध्ययन अनुसार वर्षमा २ याम सम्बन्ध विच्छेदको लागि निकै उर्वर समय हुने गरेको पाईएको हो ।

अध्ययन अनुसार सम्बन्ध विच्छेदको पहिलो मौसम मार्च अर्थात साउन÷भदौको महिनामा आउँछ भने दोश्रो अगष्ट अर्थात पुस÷माघ महिनामा आउँछ । सम्बन्ध विच्छेदको मौसमको अर्थ त्यो महिनामा सम्बन्ध विच्छेदका घटना सबैभन्दा धेरै हुन्छन् भन्ने हो ।

वाशिंटनमा सन् २०११ देखि २०१५ को बीचमा दर्ता भएका डिभोर्सका निवेदनको विश्लेषण गरी यस्तो निष्कर्ष निकालिएको हो । अमेरिकामा गर्मी तथा जाडोको विदा पछिको समयमा डिभोर्सका घटना धेरै हुने गरेका छन् । डिभोर्सका घटना यसरी एक्कासी बढ्नुमा परिवारको व्यवहारलाई समेत बुझ्न सकिन्छ ।

Divorce couple file picture

शोधकर्ता ब्रिन्सका अनुसार जाडो तथा गर्मीको विदा परम्परागत रुपले परिवारको एक पवित्र समय हो । विदाको समयमा डिभोर्सको निवेदन दिन अनुुचित मानिन्छ र निषेध नै गरिएको हुन्छ । त्यसैले विदा सकिएसँगै सम्बन्ध विच्छेदका निवेदन ह्वात्तै बढेको हुनसक्छ ।

धेरै मानिसहरु आफ्नो वर्षभरीको निरासालाई भुलेर वर्षदिनमा पाइएको छुट्टीमाथि धेरै आशा राखेका हुन्छन् र निकै उत्साहित हुन्छन् । विदाको यो समयमा उनीहरुले जिवनको नयाँ सुरुवात गर्न चाहन्छन् । कतिपय दम्पत्तिको लागि यो छुट्टी भावनात्मक रुपमा महत्वपूर्ण हुन्छ भने कसैका लागि तनावपूर्ण ।

छुट्टीकै समयमा दाम्पत्य सम्बन्धमा तनाव उत्पन्न हुने तथा असन्तुष्टि पैदा हुन थाल्दछ । त्यसरी विदा सकिएपछि तथा बालबच्चाको स्कुल सुरु हुनुअघि अगष्ट महिनामा धेरैले डिभोर्सका लागि निवेदन दर्ता गर्ने गरेको पाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्