तीज र पसुपतिको खिल्ली उडाए आङकाजीले
पटक पटक जातिय सद्भाव भड्काउने खालका विवादीत अभिव्यक्ती दिँदै आएका आङकाजी शेर्पाले फेरी विवादीत अभिव्यक्ती दिएका छन् । उपेन्द्र यादव नेतृत्वको फोरमका केन्द्रीय सदस्य रहेका आङकाजीले मिलेर बसेको नेपाली समाजमा सद्भाव भड्काउने गरेर अभिव्यक्ति सार्वजनिक गरेका हुन ।
हिन्दू महिलाहरूले मनाउने विशेष पर्व तीजको दरखाने दिन एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर आङकाजीले सामाजिक सदभाव भड्काउने खालको अभिव्यक्ति दिएका हुन । उनले पशुपतिनाथको मन्दिरमा दुई हजार रुपैयाँ तिरेपछि दर्शन गर्न पाइने भनेर नकारात्मक सन्देश जाने गरेर स्ट्याटस लेखेका छन ।
आङकाजीको यो स्ट्याटसको सरोकारवाला र सर्वसाधारणले अर्थहीन र सामाजिक भड्कावको सन्देश भन्दै बेवास्ता गरिदिएका छन् । ‘आङकाजी शेर्पाको कुनै महत्व र अर्थ छैन । यस्ता नेताले बोलेको र लेखेको कुराको महत्व दिनु हुँदैन’, हिन्दू अभियानका युवा नेता विकाश ठाकुरले भन्नुभयो–‘जातीय राजनीति गर्ने र क्रिश्चियनको पैसा खाएर मोटाएकाहरू भुक्दैमा सदियौँ देखि चल्दै आएको हाम्रो हिन्दू संस्कार मेटिँदैन ।’
ठाकुरले आङकाजी जस्ता गैर सामाजिक व्यक्तिका कारण मिलेर बसेको नेपाली समाजलाई ठूलो नोक्सान हुन सक्ने बताउनु भएको छ । यसतर्फ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सर्वसाधारण बेलैमा सचेत हुनुपर्ने ठाकुरको सुझाव छ ।
जब कि पशुपति विकाश कोषले पत्रकार सम्मेलन गरेर अघिल्ला बर्षहरुमा जस्तो हतार भएकाहरुले एक हजार लिएर छिटो पूजा गर्न पाईने व्यवस्था हटाईएको जानकारी गराई सकेको थियो । आङकाजीले फेसबुक स्ट्याटसमा भने जस्तो कोषले दुई हजार लिएर दर्शन गर्ने व्यवस्था राखेको थिएन ।
उत्तेजक र साम्प्रदायिक सद्भाव भड्काउने खालका अभिव्यक्ति तथा टिकाटिप्पणी दिएर सँधै विवादमा आइरहने आङकाजी शेर्पाले यस्तै खालका आफ्ना उट्पट्याङ अभिव्यक्तिका कारण हिरासतको यात्रा पनि तय गरिसकेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्