सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतलाई पशुपति पुनर्निर्माण दिने प्रस्ताव फिर्ता

भूकम्पका कारण क्षतिग्रस्त बनेका पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिनुभएको छ ।

बुधबार नेपाल पर्वतारोहण संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शाहीले पशुपति क्षेत्रभित्रका मन्दिरसमेत बनाउने गरी भारतीय प्रस्ताव आएको बताउँदै आफूले त्यो प्रस्ताव फिर्ता गरेको बताउनु भएको हो । उहाँले पशुपति नेपालको धरोहर भएको भन्दै मन्दिरको भित्री क्षेत्रको निर्माण नेपाल सरकार आफैंले गर्ने बताउनु भयो ।

pasupatinath-mandir

पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तल सहितका सम्पदा जीर्णोद्धारका लागि भारत सरकारलाई अनुमति दिन सरोकारवाला निकायबीच केही दिन अघि सहमति भएको थियो ।

पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच गत साता सहमति गरेर भारत सरकारलाई सबै मन्दिर बनाउन दिने सहमति स्वीकृतिका लागी मन्त्रिपरिषदमा लगिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्