कानुन विपरीत बिना अभियोग महिनौँ हिरासतमा
कानुन विपरीत नेपाल प्रहरीले रसुवाका एक युवालाई बिना अभियोग महिनौँ हिरासतमा राखेको छ । बिना अभियोग महिनौँ हिरासत राखेर प्रहरीले संविधान प्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा समेत गरेको छ ।
रसुवा टिमुरे–५ का २६ वर्षीय काङकाश्र तेन्जिङ तामाङलाई अभियोग बिनै यतिका दिनसम्म कारागारमा थुनिएको हो । उनलाई सुन भन्सार चोरी पैठारीको आरोपमा तिब्बतसँग सीमा जोडिएको रसुवागढी नाकाबाट जेठ ३० गते पक्राउ गरिएको थियो ।
कानुन बमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनु पर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको हो । उनलाई संविधान बमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर समेत गराइएको छैन ।
उनलाई पक्राउ परेको भोलिपल्ट राजश्व अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । प्रहरीले उनलाई पक्राउ गरेको मिति सहितको पक्राउ पूर्जि समेत दिएको छ । कानुनत बिना अभियोग हिरासतमा यति लामो समय राख्न पाईँदैन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्