सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतसामु नझुक्न प्रचण्डलाई ओलीको सुझाव

छिमेकी मुलूक भारतमा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भ्रमणका क्रममा राष्ट्रिय हित विपरितका कुनै पनि सम्झौता नगर्न प्रमुख प्रतिपक्षि एमालेले ध्यानाकर्षण गराएको छ । एमालेका शिर्ष नेताहरुको उच्चस्तरीय टोलीले आइतबार बिहान प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

टोलीले सिंहदरबार पुगेर ६ बुँदे पत्र बुझाइ राष्ट्रिय हित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छ । झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका बरिष्ठ नेताहरु सहितको टोली लिएर अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय पुग्नु भएको थियो ।

prachanda-and-kp-sharma-oli

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारका पालामा भएका सहमति र सम्झौतालाई नेपालको हित अनुकुल हुने गरी अघि बढाउने विषय भारतसामू राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभएको छ । ओलीले सन १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने बिषयमा पनि प्रस्ट कुरा राख्न सुझाउनु भएको छ ।

त्यसैगरी दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा पनि स्पष्ट विचार राख्न ओलीले प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको छ । प्रधानमन्त्रीसँगको भेटका क्रममा ओलीले भ्रमण पुर्व दलका शीर्ष नेतासँग सुझाव लिने काम नगरिएका कारण आफैं पत्र बाकेर उपस्थित भएको बताउनु भएको थियो ।

prachanda-emaleka-baristha-netasanga
प्रधानमन्त्री दाहाललाई एमालेका तर्फबाट बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको भु–भाग जलमग्न हुने गरी भारतीय पक्षले निर्माण गर्ने बाँधका बिषयमा पनि कुरा गर्न सुझाव दिईएको छ । त्यस्तै नेपालको आन्तरिक मामिलामा अनावश्यक रुपमा सरोकार र चासो राख्ने काम बन्द गर्ने लगायतका विषयमा भारतीय नेतृत्वसँग स्पष्ट रुपमा नेपालका तर्फबाट कुरा राख्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्