सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल एयरलाईन्सको विमान आकस्मिक अवतरण

Nepal airlines

फाईल तस्विर

दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ । दिल्लीबाट १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा अकस्मात समस्या आएको थियो ।

उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्राफिक कन्ट्रोलमा जानकारी गराएका थिए ।

समस्या आउने बित्तिकै विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो । पखेटा नखुलेपछि विमानको आकस्मिक अवतरण गरिएको हो ।

अवतरण गर्ने क्रममा विमानको टायर पड्किएको जनाइएको छ । चालक दल र सबै यात्रुहरु सकुशल रहेको नेपाल वायुसेवा निगमका अधिकारीहरुले जनाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्