सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बतासेले अक्सिजन नदिँदा रानिबनमा विचल्ली

hawa-falne-rukha

स्रष्टा जितेन्द्र रसिकको बालचित्र कथा ‘हावा फल्ने रुख’ बजारमा आएको छ । उनको यो पाँचौं साहित्यिक कृति हो । ‘हावा फल्ने रुख’ स्वदेश प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । बालचित्र कथा नेपाली र अँग्रेजी दुबै भाषामा छ । चित्र कथामा विगतमा भारतले नेपालमाथी गरेको नाकाबन्दीका घटनालाई बन्यजन्तुको कथा मार्फत बालबालिकाले सजिलै बुझ्न सक्ने गरि प्रस्तुत गरिएका छन् ।

चित्रकथामा छीमेकी बतासे जङ्गलका कारण रानी वनका जीव जन्तुले भोग्नु परेको पीडा र समस्या उजागर गरिएको छ । बतासे जङ्गलको इशारा अनुसार रानी बनका जीवजन्तुका शाषक नचल्दा बतासे जङ्गलका हिंस्रक शासकले रानी बनमा बहने हावा नै बन्द गरिदिएको घटना कथामा चित्रित छ ।

रानी बनका शाषक र जीवजन्तुमा श्वास फेर्न कठिनाई भएको घटनालाई स्रस्टाले चित्र कथामा उजागर उजागर गर्नुभएको छ । छिमेकी जङ्गलबाट बहने हावा बन्द गरिदिएपछि रानी बनका शाषक र जीवजन्तु मिलेर रानीबनमै हावा फल्ने रुख रोपेर उनीहरु आत्म निर्भर बनेर ढुक्क साथ जीवन यापन गरेको घटना चित्रकथामा प्रस्तुत गरिएको छ ।

बालबालिकाको मष्तिस्कमा आत्म निर्भर बन्न सके कसैले हेप्न सक्दैनन् भन्ने ज्ञान बालचित्र कथा हावा फल्ने रुखले दिएको छ । कृतिको चित्र मनि कुमार थिङ र अनुवाद रमेश दनेखुले गर्नुभएको हो । स्रष्टा रसिकले यसअघि ‘एलियनको पृथ्वी भ्रमण’ बालकथा सङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्