सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुईओटा अमेरीकी लडाकु विमान उत्तर कोरीयातर्फ

fighter-plane

चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले एकपछी अर्को परमाणु बम परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ । अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् ।

उत्तर कोरियाविरुद्ध अमेरिकी बम बर्षक विमान उडेको यो पहिलो पटक हो । उत्तर कोरिया मामलाका अमेरिकी विशेष प्रतिनिधि सुग किमले अमेरिकाले उत्तर कोरिया विरुद्ध कडा प्रतिवाद गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् ।

उत्तर कोरियाले परमाणु परीक्षणको शृङ्खला अन्तर्गत पाँचौ परमाणु परीक्षण गर्ने तयारी गरिराखेका बेला अमेरिकाले चालेको कदमलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । गत शुक्रबार मात्र उत्तर कोरियाले ५.३ म्याग्निच्यूडको कृत्रिम भूकम्प महसुस हुने गरी परमाणु बम परिक्षण गरेको थियो ।

उत्तर कोरियाले यस अघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ । अमेरिका उत्तर कोरियाको परमाणु बम परीक्षण विरुद्ध अन्तराष्ट्रिय जगत एकजुट हुनुपर्ने पक्षमा छ ।

अमेरिकी विशेष प्रतिनिधि किमका अनुसार अमेरिका उत्तर कोरियासँग सार्थक छलफलका लागी सदैव तयार छ । उत्तर कोरियाको परमाणु परीक्षण विरुद्ध दक्षिण कोरियाले समेत पटक–पटक चेतावनी दिइराखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्