सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सहमतिमा यौनसम्पर्क, पछि ‘बलत्कार’को मुद्दा !

 

love-propose

दुई साता अगाडि महानगरीय प्रहरी वृत्त बालाजुमा दुई महिला आफ्नो गुनासो लिएर पुगे । उनीहरूले आफ्नो गुनासो वृत्तका डिएसपी सन्तोष तामाङलाई सुनाए । कहीँ कतैबाट नाता पर्ने नवलपरासीका एक युवकबाट आफू बलात्कृत भएको गुनासो पोखे ।

दुई महिलामध्ये एक आमा र एक छोरी थिए । भावविह्ल अवस्थामा रहेका आमाछोरीलाई डिएसपी तामाङले न्याय दिलाउने बचन दिँदै जाहेरी दिन लगाए । सापटी दिएको तीन हजार रुपैयाँ फिर्ता गर्ने बहानामा बालाजुस्थित कोठामा आएका ती युवकले आफूलाई जबरजस्ती करणी गरेको दाबी ती युवतीको थियो ।

जाहेरी र पीडितको बयान लिएपश्चात् अनुसन्धानमा जुटेका डिएसपी तामाङले नवलपरासीमा रहेका ती युवकलाई २४ घन्टा नबित्दै पक्राउ गर्न सफल भए । पक्राउ गरेर युवकलाई काठमाण्डौ नपु¥याउँदै आमा छोरीको नियत थाहा भयो । कारबाही गराउनुको सट्टा ती युवकका आफन्तसँग सुरु भयो आमाछोरीको बार्गेनिङ ।

आरोपित युवकलाई पक्राउ गरेर हिरासतमा राखेपछि आमाछोरीले डिएसपी तामाङलाई भने–‘हाम्रो कुरा मिल्यो केटालाई छाडिदिनु ।’ डिएसपी तामाङ छाँगाबाट खसेझैँ भए । हिँजोसम्म रोइकरार्ई गर्ने र कारबाही गर्नुप¥यो भन्ने आमाछोरी बलत्कारीलाई छाड्न आदेश दिन थालिन् ।

त्यसपछि डिएसपी तामाङले जाहेरी दर्ता भइसकेको र बलात्कार गर्ने अपराधीलाई छाड्न नमिल्ने भन्दै मुद्दा चलाउने बताए । त्यसपछि बल्ल खुल्यो आरोपको रहस्य । कहीँ कतैबाट नाता पर्ने तर विवाह गर्न मिल्ने ती युवकसँग खासमा युवतीको पहिलेदेखि नै लसपस हुँदै आएको रहेछ ।

डिएसपी तामाङका अनुसार पछिल्लो समय ती युवकसँग खटपट भएको र अर्कै केटीसँग विवाह गर्ने हल्ला चलेपछि ट्रयापमा पारेर छोरीको विवाह गराउने योजनामा आमा भएको रहस्य खुल्यो । प्रहरीलाई दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउन लागि परेका आमाछोरीको सपना त्यतिबेला चौपट भयो, जतिखेर डिएसपी तामाङले जबरजस्ती करणीमा मुद्दा अघि बढाए ।

‘पहिला नै प्रहरीलाई जे हो वास्तविकता बताएको भए सक्दो सहयोग गर्थें, तर प्रहरीलाई मिस युज गरेर कसैलाई बार्गेनिङ गर्ने अधिकार छैन’, डिएसपी तामाङले भन्नुभयो–‘सरकारी डायरीमा जाहेरी दर्ता भइसकेको थियो, मैले चाहेर पनि केही हुन सक्ने अवस्था थिएन । अब अदालतबाट छुटाउन लागिपरेका छन् ।’

उनीहरूको उद्देश्य भनेको मुद्दा फिर्ता लिन्छु भनेर केटालाई विवाह गर्न बाध्य बनाउनु रहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय महिला अधिकार, महिला हकहितका लागि बनेका कानुनको चरम दुरुपयोग यसरी बढ्न थालेको छ । कथित महिलाले आफ्नो क्षणिक स्वार्थ पूरा गर्न खोज्दा आम महिलामाथि नै प्रश्नचिह्न खडा हुन थालेको छ ।

सहमतिमा सेक्स गर्ने, अलिकति चित्त नबुझेपछि बलत्कार भयो भन्दै हल्ला गर्ने परिपाटीले समाजमा विकराल रूप लिन थालेको छ । बढ्दो सहरीकरण र पश्चिमेली मुलुकको प्रभावले लिभिङ टुगेदरसहित यस्ता घटना बढ्न थालेका उदाहरण धेरै छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्