सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोरी जन्माउने आशामा १३ छोरा जन्मिएपछी

brazilian-family-of-13-son

नेपाली समाजको ठिक विपरित छोरीका जन्माउने आशमा फुटबल टिम भन्दा बढि छोरा जन्मीए भन्दा तपाईलाई अचम्म लाग्यो होला । छोरा जन्माउने आशामा ६÷७ जना छोरी जन्माएको घटना त हाम्रा लागि सामान्य हुन् । तर छोरी जन्माउने आशामा यति धेरै छोरा जन्मिए भन्ने घटना हाम्रो लागि रोचक त छ नै सुन्न समेत विरलै पाइन्छ ।

ब्राजिलका एक दम्पत्तिले छोरी जन्माउने आशामा १८ बर्षको अबधीमा १३ छोरालाई जन्म दिएका छन् । छोरी जन्मिने आशाले उनीहरुलाई लगातार १३ छोराहरुको आमा–बुवा बनाएको हो । ब्राजिलियन यी दम्पतीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

अचम्म त के छ भने १३ छोराका ४० बर्षिय बाबु इरिनुए फुटबलका पारखी हुन र उनले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको नामबाट राखेका छन् । रमाईलो कुरा त के छ भने इरिनुए र उनकी श्रीमती जूसिसि लेडीले छोरी नजन्माएसम्म सन्तान जन्माउन नछा्डने बताएका छन् ।

इरिनुएले श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम समेत जुराइसकेका छन् । छोरी जन्माउने योजना १३ औं सन्तान भएपछि पनि जारी छ ।

उनीहरुले सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । उनीहरुले अघिल्लो महिना मात्र जन्मेका कान्छा छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । उनीहरु ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्