सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

किम जोङ उनको हत्या गर्ने गोप्य योजना

दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कूले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्या गर्ने गोप्य योजना रहेको बताएका छन् । रक्षामन्त्री कुले सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने उत्तर कोरियाका सर्वोच्च नेता किमको हत्याको गोप्य योजना रहेको बताएका हुन ।

‘उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाली सेनाको एक विशेष युनिट गठन गर्ने विषयमा समेत छलफल भइरहेको छ,’ संसदमा बोल्दै रक्षामन्त्री कुले भने–‘हाम्रो मुलुकको सुरक्षामा खतरा महशुस भयो भने हामीसँग किमको हत्या गर्ने गोप्य योजना छ ।’

kim-jong-un

आफ्नो मुलुकको सम्प्रभुतामा खतरा हुने देखिएमात्र गोप्य योजना अनुसार किमको हत्या गरिने रक्षामन्त्रीले बताएका छन् । उत्तरले फेरि परमाणु परिक्षण गरे त्यसलाई रोक्नसक्ने दक्षिणसँग क्षमता रहेको समेत रक्षामन्त्रीले दाबी गरेका छन् ।

यसैबीच उत्तर कोरियाली विदेश मन्त्री री योङले अमेरिकाले आफ्नो मुलुकमा सुरक्षा खतरा सिर्जना गरेमा जे पनि गर्न सक्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै विदेश मन्त्री रीले भने–‘हामीसँग परमाणु बमको क्षमता बढाउनु बाहेक अन्य कुनै विकल्प छैन ।’

उत्तर कोरीयाली विदेश मन्त्रीले आफ्नो मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्ने उद्देश्यले मात्र परमाणु बमको विकास गरिएको भनाइ राखेका थिए । उत्तर कोरियाले दक्षिण कोरियाका रक्षा मन्त्रीलाई मार्ने धम्की दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS