सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हामामाचुमा नेपालीका लागी शैक्षिक अन्र्तक्रिया

everest-fujiएभरेष्ट फुजी समाज जापानले आउँदो नोभेम्बरको तेस्रो साता शिजुओका र हामामाचु क्षेत्रमा रहेको नेपाली विद्यार्थीहरुको लागि सेनमुन गाक्कोउ, विश्वविघालय र कामको विषयमा जापानिजहरू सहित अन्तरकृया गर्ने भएको छ ।

गतसाता एभरेष्ट फुजी समाज जापानले नियमित बैठक सम्पन्न गर्दै सो अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरेको हो । साथै समाजले नेपालीहरूको महान पर्व बिजया दशमीको अवसरमा हामामाचुमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

समाजको सो बैठकले कार्य समिति सदस्यमा हेरफेर समेत गरेको नवनिर्वाचित अध्यक्ष मनिस घिमिरेले जानाकारी गराए । जस अनुसार समाजको नयॉं कार्यसमितिमा अघ्यक्ष मनीष घिमिरे, उपाध्यक्ष सोम बहादुर ढकाल, सचिव नीराजन भन्डारी, सहसचिव बिशाल शर्मा, कोषाध्यक्ष कमल घिमिरे, सहकोषाध्यक्ष राजेश थापा र वरिष्ठ सल्लाहकार शुक्रराज राई चयन भएका छन्  ।

त्यस्तै सदस्यहरू शशी विष्ट (घिमिरे), नारायण सापकोटा, दिपक खत्री, दिपिन्शा राणाभाट, रेशम राज सुनार, कमल श्रेष्ठ, शुरज भन्डारी, रविन्द्र भुषाल र अर्जुन खरेल रहेको छन् ।

बैठकले समाजका क्रियाशिल सदस्यहरूको सहायताका लागि छुट्टै आर्थिक कोष निर्माण गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी रेष्टुरेण्ट ब्यबसायी र कुकहरूको समस्याबारे पनि चासो देखाउँदै अन्तरकृया तथा छलफल गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्